You are viewing the translated version of अप्रत्यक्ष भुक्तानी.

Section 29
अप्रत्यक्ष भुक्तानी
कुनै व्यक्तिले भुक्तानीकर्ता वा निजसँग सम्बद्ध व्यक्तिले गरेको भुक्तानीबाट अप्रत्यक्ष रूपले फाइदा लिएमा वा भुक्तानी प्राप्त गर्ने अन्य व्यक्ति तोकेकोमा विभागले लिखित रूपमा सूचना जारी गरी त्यस्तो फाइदा लिने वा त्यस्तो अन्य व्यक्ति तोक्ने व्यक्तिलाई नै त्यस्तो भुक्तानी प्राप्त गर्ने व्यक्तिको रुपमा मान्न सक्नेछ ।